काठमाडाैं, जेठ २१ – क्रिकेटको वादशाह बन्दै गएको अफगानिस्तानले अाफुलाइ फेरी एकपटक पुष्टी गरेको छ । भारतको देहरादुनमा अफगानिस्तानले पहिलो टि -२० मा बंगलादेशलाइ ४५ रनले हराएर वादशाह बन्दै गएको पुष्टी गरेको हो । अफगानिस्तानले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ अोभरमा १ सय २२ रनमै अलअाउट भयो ।
पहिले ब्याटिङ गरेको अफगानस्तानका लागि मोहम्मद सेहजादले ४० र समिउल्लाह सेनवारीले ३६ रन बनाए । बंगलादेशका मोमदुल्लाह र अदुल हसनले २–२ विकेट लिए । बंगलादेशको इनिङ् ध्वस्त पार्न रासिद खान र सपुर जर्दानले तीन – तीन तथा मोहम्मद नाबीले २ विकेट लिए ।