‘कमजोर’ प्रतिपक्षी, किन मौन छ कांग्रेस ?

68

काठमाडौँ, २१ जेठ- सर्वोच्च अदालत नेतृत्वविहीन भएको तीन महिना बित्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त नपाएको चार महिना भएको छ । राज्यको शक्ति सन्तुलन र नियन्त्रण गर्ने यी दुई महत्त्वपूर्ण संवैधानिक निकाय यति लामो समयदेखि नेतृत्वविहीन हुँदा पनि प्रमुख प्रतिपक्षी कांग्रेस भने किन मौन छ रु

प्रतिपक्षीले उठाउनुपर्ने मुद्दा यतिमै सीमित छैनन् । केही दिनअघि कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद पाएका र अदालतको मानहानि गरेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिने निर्णय लिँदा संसद्मा कांग्रेसका गगन थापाबाहेक कसैले बोलेनन् ।

लगत्तै बसेको संसदीय दल बैठकमा ढुंगेललाई आममाफी दिने सरकारको निर्णयमाथि कुनै चर्चा गरिएन, यसलाई छलफलको एजेन्डासम्म बनाइएन । उल्टै सांसद मोहम्मद आफ्ताव आलमले यो मुद्दालाई चर्काउन नहुनेबताए । त्यत्तिकैमा कांग्रेस नेतृत्वले यो मुद्दालाई थामथुम बनायो, आजको कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ।

Comments

comments