दुई करोड क्लबमा प्रवेश मंगलमको ‘पर्ख पर्ख मायालु’, खुशिले गदगद गीतकार शर्मा

1720

इन्द्रेणी न्युज, काठमाडौं। नायक पुष्प खड्का र अभिनेत्री तथा निर्मात्री शिल्पा पोखरेलको मुख्य अभिनय रहेको चलचित्र ‘मंगलम’मा समावेश गीत ‘पर्ख पर्ख मायालु’ दुइ करोड ‘क्लब’मा प्रवेश गरेको छ । गायक कृष्ण काफ्ले र विन्दु परियारको स्वरमा रहेको यस गीत ले छोटो समयमानै दुइ करोड भ्यूज कमाउन सफल भएको हो ।गीतले ब्यापक चर्चा बटुल्दै दुई करोड क्लबमा प्रवेश गरेसँगै गीत अनुसारको फल पाएको भन्दै शर्माले खुशी ब्यक्त गरेका छन् ।

देखन चम्पा, तिम्रो पिक्चर हिट लगायतका गीतहरुले निकै राम्रो चर्चा कमाएका युवा गीत तथा संगीतकार दीपक शर्माको शब्द एवं संगीत रहेको यस गीत पनि सर्वाधिक हिट गीत हो ।

संगीतकार शर्माकै शब्द संगीतमा तयार भएको अर्को गीत बग्ने खोला बगीको पनि पछिल्लो समय निकै चर्चामा रहेको गीत हो ।

Comments

comments