खराब र खिया लागेको दाँतलाई चम्किलो बनाउने यस्ता छन् घरेलु उपायहरु

1221

दाँत सफा, बलियो भयो भने खाएको खानेकुरा राम्ररी चपाउन सकिन्छ, र समग्र अनुहारको सौन्दर्यमा पनि दाँतको उपस्थिती खास हुन्छ । दाँतले अनुहारको सौन्दर्य नै उजागर गर्छ । सौन्दर्यको कुरा मात्र होइन, दाँत स्वास्थ्यका लागि पनि उत्तिकै महतवपूर्ण मानिन्छ । तर दाँतलाई उचित हिसाबले सफा नगर्दा दाँतमा खिया लाग्छ । झन धुम्रपान, कैफिन, सुर्तीजन्य पदार्थले त दाँतलाई कुरुप नै बनाउँछ । त्यही खराब र खिया लागेको दाँतलाई चम्किलो बनाउने केही घरेलु उपायहरु यस्ता छन् ।

१) सुन्तलाको ब्रोका – जाडो मौसममा प्रायः सबैका घरमा सुन्तला पाइन्छ । प्रतयेक पल्ट सुन्तला खाएपछि त्यसको बोक्राले दाँतमा दल्ने । सुन्तलनाको बोक्रा दातमा दल्नाले दाँत सेतो हुनुका साथै दातमा परेको खिया आफै हटेर जान्छ र दाँतमा दाग लाग्न नदिनुका साथै किटाणुको संक्रमण हुन दिदैन ।

२) बेकिङ सोडा – बेकिङ सोडालाई फोहर हटाउने प्राकृतिक उपायका लिन सकिन्छ तर एक चम्चा बेकिङ्ग सोडामा एक चिम्टी नुन मिसाउने र भिजेको ब्रसलाई उक्त मिश्रणमा डुवाएर अन्य बेला झै दाँतलाई राम्ररी माझ्दा यसले दाँतमा जमेको सबै फोहर केही समयमै हटाईदिन्छ ।

३) तिल – एक मुठ्ठी तिलका दानालाई मज्जाले चपाउनाले दाँतमा लागेको खिया आफै हटेर जान्छ । साथै सुख्खा ब्रसको सहायताले दात सफा गर्नाले दाँतमा अड्केको दाना समेत बाहिर निस्कन्छ ।

४) फलफुलको मास्क – दाँत सफा गर्नका लागि भिटामिन ‘सी’ युक्त फलफूलको मस्क उपयुक्त मानिन्छ । यसले दातलाई काई लाग्नबाट बचाउनुका साथै दाँतलाई सफा राख्न मद्दत गर्छ । यसको लागि टमाटर, स्ट्रबेरी तथा सुन्तलालाई पिनेर लेप बनाउने र दातको वरिपरि लगाएर करिब ५(६ मिनेट राख्ने । यसले दाँतमा किटाणुके संक्रमण हुन नदिनुका साथै सासलाई ताजा राख्न मद्दत गर्छ ।

५) भेनेगर दाँतको लाथि भेनेगरको प्रयोग खासै मिठो मानिदैन । यद्यपी, दात सफा गर्नको लागि भेनेगरको प्रयोग विना कुनै समस्या दातलाई चम्किलो बनाउन शतप्रतिशत राम्रो मानिन्छ । दुई चियाचम्चा भेनेगरमा एक चियाचम्चा नुन र चार आउन्स पानीलाई मिसाएर त्यसको मिश्रण तयार पार्ने । अब यो मिश्रणलाई केही दिनको लागि दात सफा गर्नको लागि प्रयोग गर्ने । यसले दाँतमा लागेको दागका साथै दाँतको काई हटाउन मद्दत गर्छ ।

Comments

comments