मेथीका यस्ता छन् फाइदाहरु

430

धेरै जसो नेपाली भान्सा घरमा मेथीको उपभोग गरिन्छ । यद्यपि मेथीको फाइदा बारे सबैलार्इ थाहा नहुन सक्छ । मेथीका केही फाइदाहरु यसप्रकार रहेका छन् ।

१) मेथीको सेवनले शरीरमा राम्रो कोलेस्टेरोल बढ्छ र नराम्रो कोलेस्टेरोलाई घटाउने गर्दछ । मेथी प्रयोग गरेमा मुटुसम्बन्धी रोगलाई समेत कम गर्छ ।

२) मेथीको सेवनले रगतमा ग्लुकोजको स्तर कम गराउछ , जसबाट डाइबेटिजको टाइप वान र टाइप टु दुवै नियन्त्रित हुन्छ ।

३) त्यस्तै गरी सुत्केरी महिलाको दुध बढाउन पनि मेथीको सेवन गर्नाले फाइदाजनक हुन्छ । यसमा रहेको डायसजेनिन नामक स्टेरोइड यस मामलामा फाइदाजनक हुन्छ ।

४) पेट खराब हुँदा या अपचको अवस्थामा मेथीको सेवन गर्नाले लाभकारी हुन्छ । यो सेवन गर्नाले भोक पनि बढाउँछ ।

५) कब्जियत हटाउँन मेथी फाइदाजनक मानिन्छ । यो सेवन गरेमा शरीरको मेटाबोलिजम ठीक राख्छ ।

६) मेथीको सेवनले स्तन क्यान्सर र प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउन कम गर्छ ।

७) उच्च रक्तचापका बिरामीका लागि मेथीको सेवन फाइदाजनक हुन्छ, र रक्तचाप पनि नियन्त्रण हुन्छ ।

८) मेथीको सेवनबाट शरीरमा टेस्टोस्टेरोनको स्तर पनि बढ्छ, जसबाट मांसपेशी बन्छ र शरीर मजबूत हुन्छ ।

९) छालामा र्यासेज अथवा चायाजस्ता समस्याका लाग मेथीको दानाको सेवन फाइदाजनक हुन्छ ।

Comments

comments