हिरोइन बिना प्रदिपको ‘लभ स्टेशन’ घोषणा, कस्तो बन्ला फिल्म ?

281

इन्द्रेणी न्युज,काठमाडौं । फागुन २४ गतेलाई सार्वजनिक प्रदर्शन मिती तोक्दै चलचित्र ‘लभ स्टेशन’ घोषणा गरिएको छ । आइतबार राजधानिमा पत्रकार समेलन गर्दै सो चलचित्रको घोषणा गरिएको हो । ‘प्रेमगीत ,प्रेमगीत -२’ र ‘लिलिबिली’ जस्ता सफल चलचित्रमा काम गरेर दर्शकको मन जितिसकेका युवा नायक प्रदिप खड्काको मुख्य भूमिका रहने यस चलचित्रलाई उज्जल घिमिरेले निर्देशन गर्ने भएका छन्।

चलचित्र ‘लिलिबिली’ निर्माताद्वय मिलन चाम्स र गोविन्द शाहीबीच केही कुरा नमिलेपछि टिम फुटेसँगै मिलनले नायक अनमोल केसीलाई लिएर अर्को चलचित्र निर्माणको घोषणा गरेका छन् भने गोविन्दले पनि नायक प्रदीपलाई लिएर ‘लभ स्टेशन’को घोषणा गरेका हुन् । यस चलचित्रलाई ‘लिलिबिली’का निर्माता गोविन्द शाहीले निर्माण गर्दैछन्।

३ करोड लगानिमा निर्माण गरिने चलचित्रलाई नेपाल र अमेरिकामा खिचिने र आगामी भदौबाट चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ । प्रेमा कथाआमाअ आधिरित रहेर निर्माण गरिने चलचित्रमा सुवाश सिंह बस्नेतको कथा, गोविन्दसँगै उज्ज्वल घिमिरे र क्रिशु शाहीको लगानी रहने छ ।

चलचित्रको लागी अभिनेता प्रदिप खड्का फाइनल भैसकेका छन भने नायिका भने तय भैसकेको छैन ।’लभ स्टेशन’मा नायक खड्काको जोडी को सँग जम्ला त ? त्यो भने आगामी दिनमा नै थाहा होला ।

Comments

comments