‘चङ्गा’लाई मिल्यो युनिभर्सल सर्टिफिकेट

153

इन्द्रेणी न्युज,काठमाडौं। जेष्ठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘चङ्गा’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । आइतबार केन्द्रिय चलचित्र जाँच समितीले चलचित्र ‘चङ्गा’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो ।

निर्देशक किशोर भण्डारीको पट्कथा, पटकथा र सम्वाद रहेको यस चलचित्रलाई सबै उमेर समुहका दर्शकले हेर्न पाउने छन्। चलचित्रमा समावेश दृश्य र शब्दहरु सबै सभ्य भएका कारण चलचित्रलाई केन्द्रिय चलचित्र जाँच समितीले युनिभर्सल सर्टिफिकेट दिएको कारण आफ्नो स-परिवा सहित चलचित्र हेर्न पाइने चलचित्र निर्देशक भण्डारिले जानकारी दिए ।

टिपिकल गाउँले कथामा निर्माण गरिएको यस चलचित्रमा रविन आचार्यको छायाकंन, कमल खत्री र राजनराज सिवाकोटीको संगीत रहेको छ भने चलचित्रमा बुद्धि तामाङ, राजन खतिवडा, कमलमणी नेपाल, अंकित खड्का, प्रेम वर्षा खड्का, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

Comments

comments