च्याम्पियन बन्ने लक्ष्यसहित जर्मनले गर्यो टिम घोषणा

399

काठमाडाै‌ं, जेठ २१ – डिफेन्डङ च्याम्पियन जर्मनले विश्वकपको लागि टिम घोषणा गरेको छ । जर्मनले अाज २३ सदस्यीय टोली घोषणा गरेको हो

२७ सदस्यी  टिममा परेका विंग्गर लिरोए साने २३ सदस्यीय टिममा भने अटाउन सकेनन्। यस्तै वायर लिभरकुजेनका गोलकिपर बेर्ड लेनो, वायरकै डिफेन्डर जोनाथन टाह र एफसि फ्रेइवर्गका फरवार्ड निल्स पिटर्सेन पनि टिममा छैनन्।

यसअघि २७ जनाको प्रारम्भिक टिममा गत संस्करणमा जर्मनीलाई उपाधि जिताउन फाइनलमा निर्णायक गोल गरेका मारियो गोट्जे पर्न असफल भएका थिए।

जर्मन टिम
गोलकिपर – 
म्यानुयल नेउर (वायर्न म्युनिख), मार्क आन्द्रे टेर स्टेगेन (बार्सिलोना), केभिन ट्राप (पिएसजी)।
डिफेन्डर – जेरोमी बोएटेङ (वायर्न म्युनिख), माथियास जिन्टर (बोरुसिया मोचेन्ग्लाबाच), जोनास हेक्टर (कोलोङग्ने), माट्स् हुमेल्स (वायर्न म्युनिख), जोसाउ किममिच (वायर्न म्युनिख), मर्भिन प्लाटेनहार्ड (हेर्था वर्लिन), एन्टोनियो रुडिगर (चेल्सी), निक्लास सुले (वायर्न म्युनिख)।
मिडफिल्डर –  जुलियन बान्डट् (वायर लिभरकुजेन), जुलियन ड्राक्सलर (पिएसजी), लियोन गोरेक्सा (साल्के) इल्के गुन्डोगन (म्यानचेस्टर सिटी), सामि खादिरा (युभेन्ट्स),  टोनी क्रुस (रियल म्याड्रिड), मेसुज ओजिल (आर्सनल), सेबास्टियन रुडी (वायर्न म्युनिख)।
स्ट्राइकर – मारियो गोमेज (स्टुगार्ट), थोमस मुलर (वायर्न म्युनिख), मार्को रेउस (बोरुसिया डर्टमुन्ड), टिमो वेर्नेर (आरबी लेइपजिग) ।

जर्मनी विश्वकपको समूह ‘एफ’ मा मेक्सिको, स्विडेन र दक्षिण अफ्रिकासँगै छ। उसले पहिलो खेल १७ जुनमा खेल्नेछ।

Comments

comments