आज विश्व वातावरण दिवस: नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

77

माटोवाट आएको मान्छेको अस्तित्व माटोमै विलीन हुन्छ, हावा अनि पानीको वरिपरि झुम्मिएको मानवको जीवन प्रकृतिको देन र कृपा हो । आजको समयमा लुगा, पैसा, कमाई या सम्बन्धको आधारमा मान्छेको तुलना हुन थालेपनि मान्छेको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव छ ।

चाहे महलमा बसौँ या झुपडीमा, अमेरिकामा बसौँ या अन्टार्कटिकामा, हामीले फेर्ने श्वास, टेकेको माटो र हामीलाई सिञ्चित गर्ने जलका श्रोतहरु अनि हाम्रो शिरउपरको आकाशको टुक्राहरुमाटो नै त हुन । आज विश्व वातावरण दिवस, विश्वभर तथा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘प्लास्टिक प्रदूषणमाथि प्रहार स् सके पुनर्प्रयोग नसके बहिष्कार’ भन्ने मूल नाराका साथ वातावरण दिवस विश्वभर मनाइन लागको हो । वन र वातावरणसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले आज कार्यक्रम गर्दैछन् ।

विश्व वातावरण दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ । उहाँले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताउनुभयो ।

आजको दिनले वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभएको छ । सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र सरसफाइ अभियान शुरु भएको देख्दा आफूलाई खुशी लागेको उल्लेख गर्दै उहाँले स्वच्छ वातावरण महाअभियानमा सहभागी हुन पाउँदा अत्यन्त हर्षित भएको बताउनुभएको छ ।

स्वच्छ वातावरण महाअभियान–२०७५

प्रधानमन्त्री ओलीले वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको स्वच्छ वातावरण महाअभियान–२०७५ मा सहभागी भएर आआफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक आह्वान पनि गर्नुभएको छ ।

वातावरणीय प्रभाव मूल्यांंकन बिनागरिने विकास प्रयास दिगो हुँदैन । अव्यवस्थित विकासले रोगव्याधी र अस्वस्थ अवस्था मात्र निम्त्याउँदैन, त्यस्तो अव्यवस्थाले बाढीपहिरो, सुक्खालगायतका ठूलो धनजनको क्षति हुने प्रकोपको सम्भावनासमेत बढाउँछ । वातावरणको विनाश नहुने गरी नाप नक्सा तयार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्न पनि उहाँले आह्वान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो ।

Comments

comments