इन्द्रेणी न्युज, काठमाडौं। निर्देशक दिनेश श्रेष्ठको लेखन तथा निर्देशानमा तयार भएको चलचित्र ‘चि मुसी चि’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। टौवा क्रियशनले तयार पारेको उक्त पोस्टर सोम्बार फेसबूक मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक फस्लुक पोस्टरमा चलचित्रका तीन कलाकार सुनिल क्षेत्री, सुसान्त कार्की र अलिशा शर्मा अटाएका छन् भने उक्त पोस्टरमा सुनिल र सुसान्तको बिचमा बसेकी अलिशाले सुशान्तको काधमा हात राखेकी छिन् भने सुनिलको पेटमा आफ्नो पछाडिको भाग अड्याएकी छिन्।
म्यूजिकल थ्रिलर जनरामा निर्माण भएको यस चलचित्रमा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माताको रुपमा रहेका छन् भने चलचित्रका कार्यकारी निर्माता शिवराज कार्की हुन्। अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेको चलचित्रमा सुरज अधिकारीको संगीत, सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेलको छायांकन र चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन्।
श्रावण ११ गतेबाट सार्वजनी प्रदर्शनमा आउने यस् चलचित्रमा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको छ।