‘रोमियो एण्ड मुना’को नयाँ पोस्टर सार्वजनिक

200

इन्द्रेणी न्युज, काठमाडौँ । निर्देशक नरेश कुमार केसी द्वारा निर्देशित चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यस पोस्टर सार्वजनिक गर्नुपुर्व नै यस चलचित्रका तीन गीत र पोस्टर सार्वजनिक गरिसकेको चलचित्र निर्माण युनिटले पुन: नयाँ पोस्टर सार्वजनिक गरेको हो। चलचित्रका मुख्य कलाकारद्वय नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ दुवै नअटाएका यस् पोस्टरमा आखिर के छ त ? यो पोस्टर चलचित्र सँग सम्बन्धित नै पोस्टर हो। यस बक्समा मुनाले आफ्नो इखलाई यही बक्समा थुनेर राख्छिन्। यसैले हामीले पोस्टरमा तपाईको कुनै इख छ भनेर प्रश्न गरेका छौं ।’चलचित्रका निर्देशकले बताए।

साउन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस् चलचित्रमा निर्देशक केसीको पटकथा छ भने संवादमा निर्देशकसँग निरज महर्जनले साथ दिएका छन् । चलचित्रका निर्माणकर्ता प्रशन्न गोपाली रहेका छन् भने कार्यकारी निर्माता रामा शर्मा र कविन शाक्य रहेको यस चलचित्रमा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ लगायत अन्य कलाकारहरुको पनि अभिनय रहेको छ।

Comments

comments