६ करोडकी आलियाको पारिश्रमिक अब ९ करोड

676

एजेन्सी। पछील्लो समय प्रेम सम्बन्ध र चलचित्रका कारण निकै चर्चा कमाएकी बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो पारिश्रमिक बढाएकी छिन् । अहिले प्रदर्शन भइरहेको चलचित्र ‘राजी’ को सफलता पछि उनले आफ्नो पारिश्रमिक बढाएकी हुन् ।

छ करोड पारिश्रमिक लिएर चलचित्र ‘राजी’मा काम गरेकी अभिनेत्री आलियाको चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गरेसँगै उनले अब एक चलचित्रमा काम गरे बापत ९ करोड पारिश्रमिक लिने भएकी हुन्। आलियाको ‘राजी’मा यस वर्षको तेस्रो सवैभन्दा बढी आम्दानी गर्न सफल चलचित्र हो ।

आलिया अहिलें रणवीर सिंहका साथ चलचित्र ‘गली ब्वाय’ को शुटिङमा व्यस्त छिन् । चलचित्र जोया अख्तरले निर्देशन गरिरहेकी छिन् ।

Comments

comments