महत्वकाङक्षी युवाकाे कथा-‘अमेरिका बोइज’

523

इन्द्रेणी न्युज/प्रदिप सुबेदी
नेपाली युवाहरूकाे बाध्यता तथा महत्वकाङ्क्षामा अाधारित चलचित्र हाे ‘अमेरिका बोइज’ । नेपाली युवाकाे साेच कतातिर ढल्किदै छ र युवामा सामाजिक ,अार्थिक ,पारिवारिक प्रभाव कस्ताे छ त ? याे विषयलाई प्रस्तुत गर्न खाेजिएकाे छ।

चलचित्रमा मुख्य भुमिकामा अर्पण थापा (माईकल) छन्। त्यस्तै, सुनिल थापा (गज्जु), सन्दीप क्षेत्री (किरण पियार), कामेरश्वर चाैरासीया (तन्नु), अभय बराल (अानन्द), सृष्टि (रूवी), अाशिष प्रसाँईं लगायत कलाकारकाे अभिनय छ।

गाउँबाट काठमाडौं झरेका तीन साथीहरू माईकल ,अानन्द ,हिराेकाे महत्वकाङ्क्षी याेजना बाट कथा सुरू हुन्छ। डीभी पर्याे भनेर घरबाट पैसा मगाउछन्। तर,लुटीन्छन,जेनतेन कतार पुग्छन। फर्किदाँ माईकलकाे सुटकेस तन्नुकाे सुटकेससँग साटिन्छ। उक्त सुटकेसमा गज्जुकाे २ कराेडकाे हिरा हुन्छ।
फेरि माईकललाई कतारमा पाँच कराेडकाे लाेटरी परेकाे खबर अाउँछ। तर, लाेटरी टिकट साटिएकाे सुटकेसमा हुन्छ। पाँच कराेडकाे लाेटरी र दुई कराेडकाे हिराकाे बिषयमा चलचित्र २ घण्टा १० मिनेट घुमेकाे छ।

अर्पण थापाले पुरै चलचित्रलाई लीड गरेका छन्। उनकाे टीम (अमेरिका व्बाईज) अभय बराल र अाशिष प्रसाईंको भुमिका महत्त्वपूर्ण छ।
खलनायक पाटाेमा सुनिल थापा छन्। उनकाे सहयोगीका रूपमा सन्दीप क्षेत्री, कामेश्वर चाैरासिया छन्। खलनायिकी पाटाेमा भएपनि सन्दीप र कामेश्वर दर्शक हँसाउन सफल देखिन्छन्।अभिनयमा सबै कलाकार अब्बल छन्।

रमाइला तथा अाेझिला संवादले चलचित्र रमाइलो बनेकाे छ। हास्य चलचित्र भनेपनि केही दृश्यहरूले रूवाउने खालका छन्। केही अपाच्य शब्द प्रयाेग गरिएकाे छ। याे राम्रो पक्ष हैन भन्ने जान्दाजान्दै यस्ता शब्द प्रयाेग गर्नु मुर्खता हाे।

प्रवेश पाैडेल निर्देशित याे चलचित्रमा नयाँ प्रयाेग केही छैन। क्यामरा एङ्गल, ग्राफिक्स एडिट, कलरिङ अाैसत चलचित्रकाे शैलीमै छन्। गीतसँगीत तथा नेपाली ठिटाेजकाे काेरियाग्राफी राम्रो छ। समग्रमा अमेरिका बोइज अाैसत चलचित्रकाे सुचीमा पर्ने चलचित्र हाे। चलचित्र क्षेत्रमा नयाँ ट्रेण्ड ल्याउन याे चलचित्रमा त्यस्ताे नयाँ कुरा केही छैन।

Comments

comments