सम्पूर्ण मन्त्रालय र विभागहरुलाई तथ्यसहित कार्ययोजना पेश गर्न प्रधानमन्त्री ओलीको निर्देशन

108

काठमाडौँ, २२ जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मन्त्रालय र विभागहरुलाई तथ्यांकसहित वृहत् योजना बनाउन निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको आवश्यकतालाई बुझेर तथ्यसहित विस्तृत कार्ययोजना बनाएर पेश गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय महत्वका बहुसंख्यक जनता लाभान्वित हुने योजना बनाउन, त्यसलाई कार्यन्वयन गर्ने कार्य योजना र सम्पन्न हुने समय समयसीमा पनि तोकेर राष्ट्रिय योजना आयोगमा पेश गर्न प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई निर्देशन दिए ।

‘कृषिलाई आधुनिकिकरण गर्न के के आवश्यक छ रु के कति लगानी आवश्यक छ ? कृषिमा आश्रित कति जनसंख्या छ ? उत्पादन उत्पादकत्व वृद्धि गर्न के गर्नुपर्दछ ?’ ओलीले भने, ‘यी सबै कुरा तथ्य सहित पेश गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले विगतको सरकारले बन्द गरेका उद्योग वर्तमान सरकारले सञ्चालन गर्नेपनि बताए । कति वटा उद्योग छन् रु के कति उद्योग बन्द छन् ? कतिलाई तत्काल सञ्चालन गर्न सकिन्छ ? यी सब योजना बनाएर कार्यन्वयन थाल्ने प्रधानमन्त्री ओलीले बताए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाधक्ष्य डा.पुष्प कडेलले आर्थिक बर्ष २०७४÷०७५ को दोस्रो चौमसिक बजेट खर्च र आयोजनाहरुको प्रगति विवरण पेश गरेका थिए ।

Comments

comments