काठमाडौं- सार्वजनिक विदा कटौती गर्दा आक्रोशित भएको मुस्लिम समुदायले नेकपाविरुद्ध आक्रोश पोखेका छन्। इस्लाम धर्मको पवित्र स्थल मक्का र मदिनाको दुरुपयोग गरेको भन्दै मुस्लिम समुदायको निशानामा उपराष्ट्रपति नन्दबहादुर पुनदेखि, प्रचण्ड र वामदेव गौतम परेका छन्।
प्रसंग तत्कालिन नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संघठनको इफ्तार कार्यक्रम । जुन कार्यक्रम अहिले निकै विवादित बनेको छ भने मुस्लिमहरु अत्यधिक आक्रोशित बनेका छन्।
गत सोमबार काठामाडौंमा सम्पन्न कार्यक्रममा वितरित मायाको चिनोमा इस्लाम धर्मको पवित्र स्थल मक्का र मदीनाको दुरुपयोग भएको भनी सामाजिक सन्जालमा चर्को विरोध भएको हो। संगठनले आयोजना गरेको इफ्तार कार्यक्रममा मक्का मदीनालाई प्लेटको पृष्टभुमिमा पारेर नेताहरुको फोटो राखिएको विषयलाई लिएर चौतर्फी विरोध भएको हो।