चार पोस्टरमा हेर्नुस् ‘वीराङ्गना’

564

इन्द्रेणी न्युज, काठमाडौं। नारी प्रदान र एक्शन जनरामा निर्माण गरिएको चलचित्र ‘वीराङ्गना’को चार पोष्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाई अटाएका छन्। उक्त पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा प्रस्तुत गरिएको छ ।

आगामी असार २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रलाई निर्देशक राज बहादुर सानेले निर्देशन गर्का हुन् भने चलचित्रमा हरिबोल लामाको छायांकन, तारा थापाको सम्पादन र बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ, विमला भट्ट निर्माणकर्ता रहेको चलचित्रको सह निर्माता सुमि चाम्लिङ हुन् ।

दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको यस चलचित्रका वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको यस चलचित्रमा शिल्पा, अनुप र पृथ्वीराजको अलवा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Comments

comments