काठमाडाै , जेठ २२ – विश्वकप फुटवल नजिकिएसँगै विभिन्न देश ति देशका खेलाडिका गतिविधीले पनि चर्चा पाउन थालेका छन् । विशेषगरी क्रिष्टियानो रोनाल्डो, नेयमार, मेस्सी, सलाह लगायतका खेलाडीका गतिविधीले सामाजिक सञ्जालमा चर्चा पाउन थालेका छन् ।
यसै क्रममा मेस्सीले बोकासँग खिचाएको फोटो भाइरल बनेको छ । मेसीको यो फोटोसुटको अर्थ ‘सिम्बोलिक’ रहेको बताइन्छ। बाख्रालाई अंग्रेजीमा ‘गोट’ भनिन्छ जसलाई संक्षेपिकृत रुप मान्ने हो भने यसको पुरा रुप ‘ग्रेटेस्ट अफ अल टाइम’ हुन्छ।
मेसीले आफूलाई सर्वकालिन महान् खेलाडी देखाउन बाख्रासँग तस्विर खिचाएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चर्चा गरेका छन् ।