काठमाडाै,जेठ २३ – च्याम्पियन्स लिगको फाइनलका क्रममा रियल मड्रिडका खेलाडी सर्जियो रामोसले इजिप्टका खेलाडी माेहम्मद सलाहलाइ लडाएको विषय झनै विवादित हुने देखिएको छ । रामोससँगको ट्याकलकै कारण इजिप्टका मुख्य खेलाडी सलाह विश्वकपमा खेल्ने नखेल्ने अझै टुंगो लागेको छैन ।
रामोसकै कारण इजिप्टले विश्वकपमा मुख्य खेलाडी गुमाउन थालेको भन्दै इजिप्टका एक वकिलले विश्व फुटबलको प्रशासकीय निकाय फिफा र युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएमा स्पेनिस रामोसलाई कारवाहीको माग गर्दै मुद्दा हालेका छन् । उनले रामोसका कारण सालहमा भएको शारीरिक तथा मनोवैज्ञानिक नोक्सानीका लागि ८७४ मिलियन पाउण्डको क्षतिपूर्ति माग गरेका छन् ।