ट्र्याक्टर दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

106

पाल्पा, २२ जेठ ।  माथागढी गाउँपालिकास्थित रुप्सेमा आज भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन कुमाल रहेका छन् । रुप्सेबाट खहरेखोलातर्फ जाँदै गरेको लु ३ त १९५३ नं को ट्र्याक्टर रुप्सेको मोहने भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँका राहुल कुमाल घाइते भएका छन् । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ ।

Comments

comments