इन्द्रेणी न्युज, काठमाडौं। कल्याण अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘यो पागल मन’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार राजाधानिमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गरिएको हो।
लब स्टोरी जनरामा निर्माण गरिएको यस् चलचित्रमा बिरेन्द्र कुमार यादब र कल्याणको निर्माण,अर्जुन पोखरेलको संगीत,शम्भु सापकोटाको छायांकन, अनिल गौतमको सम्पादन, कमल राइको कोरियोग्राफी, राजु किरांतको द्वन्द र संचारकर्मी सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।
असार २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रमा बिनोद न्यौपाने,रिचा सिंह ठकुरी,गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,बिशाल श्रेष्ठ,एनी कुँवर लगायतका कलाकारअहरुको मुख्य अभिनय रहेको छ ।