कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा

66

काठमाडौँ, २३ जेठ। कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक आगामी नोभेम्बरभित्र काठमाडौँमा बस्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले गत मंगलबार अपराह्न जेनेभामा भएको बैठकमा सो जानकारी दिएको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रोसेसका अध्यक्षसमेत रहनुभएका विष्टले आप्रवासी रोजगारमा जाने कामदारको हकहित सुनिश्चित गर्नका लागि कोलम्बो प्रोसेस मुलुकद्वारा श्रम सम्झौताको साझा प्रारुप विकास गर्न सकिने सम्भावना औँल्याउनुभयो । “बैठकमा नेपालले रोजगार तथा सामाजिक सुरक्षाका विषयमा थालिएको सुधारका बारेमा मन्त्री विष्टले प्रकाश पार्नाका साथै आप्रवासी कामदारका लागि वित्तीय साक्षरताका साथै वित्तीय समावेशीकरणको आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री विष्टले श्रम बजार व्यवस्थित गर्न रोजगारका अवसरमा सहज पहुँचको व्यवस्था हुनुपर्ने तथा मर्यादित कामका सिद्धान्तानुकूल सुरक्षित आप्रवासनका लागि साझा प्रयास हुनुपर्ने उल्लेख गर्नुभएको थियो ।

Comments

comments