ओली सरकारलार्इ राजपाले दियो यस्तो काउण्टर, ढाँटेर लिए विश्वासको मत, ‘कम्युनिस्टहरु ढटुँवा हुन्’

93

२३ जेठ काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता सुमनले यस्तो बताएका हुन् ।

उनले यही जेठ २५ गते बस्ने पार्टीको राजनीतिक समितिको बैठकबाट केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताए। ‘ढटुँवा कम्युनिस्टहरुलाई हामी समर्थन गर्दैनौ’, उनले भने ,’त्यसैले २५ गतेको बैठकबाट ढटुँवा कम्युनिस्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।’

नवगठित नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौ हामीलाई मत दिनुहोस् भनेर ढाँटेको बताउँदै उनले अब ढटुँवा कम्युनिस्टहरुलाई दिएको समर्थन जारी नरहने स्पष्ट पारे ।

नेता सुमनले मधेश आन्दोलनको भावना विपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको दावीसमेत गरेका छन् ।

Comments

comments