प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा देखाए यस्तो पावर, अन्तत : ३३ प्रतिशत महिलाको संख्या नपुगे पनि दल दर्ता गराएर छाँडे

100

२३ जेठ काठमाडौँ- एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का रुपमा दल दर्ता हुने भएको छ । निर्वाचन आयोगको बुधबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का रुपमा दल दर्ता गर्ने निर्णय गरेको हो ।

आयोगले ३३ प्रतिशत महिलाको संख्या पार्टीको केन्द्रीय समितिमा नपुगे पनि दल दर्ता गर्ने निर्णय गरेपछि (ने.क.पा.)कै महिला नेत्रीहरु निराश भएका छ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा ने।क।पा।का अध्यक्ष केपी शर्मा आलीले आफ्नो पदीय पावर देखाएपछि दुई दिनदेखि बसेको आयोगको पदाधिकारी बैठकले ३३ प्रतिशत महिलाको संख्या पार्टीको केन्द्रीय समितिमा नपुगे पनि दल दर्ता गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री नेतृत्वको दल दर्ता हुँदा ३३ प्रतिशत महिलाको संख्या नपुर्याइ दर्ता हुन्छ भने महिलाको समावेशिताको लागि बनेको कानूनको ठाँडो उल्घंन हो। साथै यो भालिको लागि नजिर समेत बस्न जान्छ। भोलिका दिनमा अरु कसैले कुनै दल दर्ता गर्न ३३ प्रतिशत महिलाको संख्या नपुर्याइ निर्वाचन आयोगमा आउँछ भने यसबाट आयोग पन्छिन पाउँदैन्।

राजनीतिक दल दर्ता सम्वन्धी ऐनको दफा १५ (४) मा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्ने व्यवस्था छ। तर, आयोगले उक्त व्यवस्थालाई बेवास्था गर्दै बुधबार दल दर्ता गर्ने निर्णय गरेको हो।

आयोगले १ महिनाभित्र सबै राजनीतिक पार्टीलाई ३३ प्रतिशत महिला सुनिश्चित गर्न निर्देशन दिने निर्णय समेत गरेको छ।
आयुक्त सुधीरकुमार शाहले भने, ‘१ महिनाभित्र सबै दललाई केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन निर्देशन दिने निर्णय भएको छ।’

आयोगले दल दर्ता सम्बन्धी कानुनलाई पालना गरेको भए नेकपाले महिलाको संख्या बढाउन केन्द्रीय समितिको संख्या विस्तार गर्नुपर्ने वा पुरुषलाई हटाएर महिलाको संख्या थप्नुपर्ने अवस्था थियो। तर, उच्च राजनीतिक दबाव आउने देखेपछि आयोगले पछि पूर्ति गर्ने सर्तमा दल दर्ता गर्ने निर्णय गरेको हो। एकीकरणपछि गठन भएको नेकपाको केन्द्रीय समितिमा हाल ४ सय ४१ सदस्य छन्। जसमा महिलाको संख्या ७२ मात्र छ। यो कुल संख्याको १६ प्रतिशत मात्रै हो।

Comments

comments