चम्किलो अनुहारका लागि यसरी प्रयोग गर्नुहोस् नुन

732

सुन्दर र चम्किलो छालाबनाउनका लागि मानिसहरु विभिन्न कस्मेटिक तथा रासायनिक वस्तुहरु प्रयोग गर्छन् तर त्यसले छोटो समयका लागि छालालाई चम्काएर दीर्घकालिन असर छोड्छ । यदि तपाई साइड इफेक्ट बिना सर्वसुलभरुपमा छाला चम्काउन चाहानुहुन्छ भने भान्सामा दैनिक प्रयोग हुने नुनलाई छालामा प्रयोग गर्न सक्नुहुन्छ ।गर्मी मौसममा घाम र पसिनाको कारणले छाला डढेर चमक हराउने समस्या हुन्छ ।

यस्तो समयमा नुनले छालाको मृत कोशिकाहरुलाई बाहिर निकाल्छ । यसलाई प्रयोग गर्न तपाईले नुन, ओलिभ आयल, लेवेंडर आयल, बदाम आयललाई मिलाएर अनुहारमा लगाउन सक्नुहुन्छ । लगाएको केही मिनेटमा नै यसले असर देखाउन सुरु गर्छ ।नुनले छाला मात्र होइन दाँत पनि चम्काउँछ ।

यसका लागि एक चम्ची नुनमा दुई चम्ची बेकिङ पाउडर मिलाउनुहोस् । त्यसलाई टुथब्रसमा राखेर दाँत सफा गरेको केही समयमा नै दाँतको पहेलोपना हराउँछ ।

Comments

comments