ओलीलाई असहयोग हुने गरेर किन आयो प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रस्ताव, भारत नै डिजाइनर भएको खुलासा

86

काठमाडौं। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका बारेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले खासै रुचि देखाएका छैनन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका बारेमा दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिइरहेका बेला ओलीले यो प्रस्तावमा रुचि नदेखाएका हुन् । यद्यपि, वरिष्ठ नेता माधवकुमार नेपालसहित नारायणकाजी श्रेष्ठ, योगेश भट्टराईसहितका नेताहरू भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा छन् ।

ओलीले आफू निकटका नेताहरूसँग संविधान कार्यान्वयनका विषयमा प्रतिवद्ध रहेको बताउने गरेका छन् । ओलीले संविधान कार्यान्वयन र मुलुकमा समृद्धिको पक्षमा रहेको सार्वजनिक रुपमा बताउने गरेका छन् ।

तर, प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपछि राजनीतिमा हलचल ल्याएको छ । प्रधानमन्त्री ओलीले विकास र समृद्धितर्फ गरेको कामलाई असर पुर्याउने गरेर विभिन्न खालका गतिविधि हुन थालेपछि नेकपाभित्र चिन्ताको विषय बनेको छ ।

भारतले पनि नेपालमा एउटा बलियो संस्था भएको देख्न चाहेको छ । स्रोतका अनुसार नेपालमा प्र्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाएर आफ्नो उदेश्यपूर्ति गर्ने पक्षमा रहेको छ । ‘भारतले पनि धेरै शक्तिहरूसँग कुरा गरेर डिल गर्नुभन्दा एउटै संस्थासँग डिल गर्न ठीक हुने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा सुझाव दिएको छ’, नेकपाका एक नेताले भने, ‘सायद भारतकै डिजाइनमा यो विषय आएको हुन सक्छ ।’

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका विरुद्ध ओलीले लिएको अडानलाई नेपाली कांग्रेसले पनि साथ दिने नेताहरूको भनाइ छ ।

कांग्रेसले पनि तत्काल संविधान कार्यान्वयनको विषयमा जोड दिँदै आएको छ । कांग्रेसले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति संसदीय व्यवस्था विरुद्ध रहेको बताउने गरेको छ ।

Comments

comments