उपेन्द्रले नेकपासँग एकीकरणको बारेमा यस्तो बोले, बाझियो नेकपा नेता पौडेलले भनेको कुरासँग, अब के होला ?

73

काठमाडौँ। संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले चौतर्फी नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) सँग एकीकरणको हल्ला चलेपछि अन्तत: मुख खोलेका छन्। उनले तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन्।

स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादवले प्रेस विज्ञप्ति जारी गर्दै ने.क.पा. सँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका हुन्।

सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा फोरम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको समाचारहरु सार्वजनिक भए पनि तत्काल एकता नहुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

वैशाख २१ गते बसेको फोरमको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल र पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो। तर, यसबीच फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको यादवको भनाइ छ।

तर फोरमको सोही निर्णयको आधारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले फोरम नेपालसँग एकता हुन सक्ने यसअघि बताएका थिए। फोरमका अधिकांश नेता कम्युनिस्ट पृष्ठभूमिबाट आएको भन्दै एकता सहज देखिएको उनको भनाइ थियो।

दुवै नेताको भनार्इ एक आपसमा बाझिन पुगेको छ। अब के हु्न्छ एकता हुन्छ की हुदैन हेर्न बाँकी छ।

Comments

comments