आफ्नो क्लबमा एन्टोनी ग्रीजम्यान किन ल्याउन चाहान्छन् मेसी ?

466

एजेन्सी । एथ्लेटिकोका ग्रीजम्यान बार्सा आउन् भन्ने बार्सिलोनाका स्टार लियोनल मेस्सीले इच्छा दखोएका छन् । मुन्डो डिपोर्टिभोसँगको अन्तर्वार्तामा कुराकानीका क्रममा मेसीले भने “ग्रीजम्यान उत्कष्ट खेलाडी हुन् र उनीसँग मेरो केमेस्ट्री पनि मिल्ने भएकाले उनी बार्साीलोनामा आउने भए निकै गज्जब हुन े थियो ।

अन्तरावार्ताकै क्रममा मेस्सीले भने उनको खेल मलाई अत्यन्तै मनपर्छ । मलाई लाग्छ हाम्रो खेल केमिस्ट्री राम्रो हुनेछ ।” एथ्लेटिको मड्रिडका ग्रीजम्यानलाई बार्सिलोनाले सिजनको अन्त्यसँगै अनुबन्ध गर्न चाहेको रहस्य पनि उनले खोले ।

यद्यपी ग्रीजम्यानले भने आफूले विश्वकप अघिनै आफ्नो भविष्य बारे बताउने सार्वजनिक रुपमा नै भनिसकेका छन् । ग्रीजम्यान बार्सा आए क्लव अझ मजबुत हुने मेस्सीको भनाइ रहेको छ । यतिबेला दुवै अर्जेन्टिनी मेस्सी र फ्रान्सका ग्रीजम्यान विश्वकप फुटबल तयारीमा व्यस्त छन् ।

Comments

comments