इन्द्रेणी न्युज, काठमाडौं। हाँस्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) द्वारा निर्देशित चलचित्र ‘चङ्गा’ आजबाट देशभरका हलहरुमा प्रदर्शन हुँदैछ। हाँस्य जनरा र पारिवारिक कथामा निर्माण गरिएको यस चलचित्रले निकै हल पाएको छ। उपत्यका बाहिरका सबैजसो हल र उपत्यका भित्र पनि प्राय: सबै हल पाएको चलचित्र निर्देशक भण्डारीले बताउनुभयो।
पछिल्लो समयमा चलचित्रहरु त्यती धेरै चलेका छैंनन् त्यस्को प्रभाब ‘चङ्गा’लाई पर्ने होकी भन्ने प्रसङ्गमा डिट्ठा साब भन्नुहुन्छ,-‘विल्कुलै अर्ज्ञानीक र मौलिक चलचित्र बनाएको भएर पनि होला हामी ढुक्कछौ र अन्य चलचित्रको प्रभाव ‘चङ्गा’लाई सायदै नपर्ला। बरु एकपटक चङ्गा हेरेका दर्शकहरुले पुन: दोहोर्याएर हेर्नुहुन्छ भन्ने चाँही विश्वास छ।
निर्देशक भण्डारीकै पटकथा र सम्वाद रहेको यस चलचित्र रविन आचार्यको छायांकन्, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ भने चलचित्रका कार्यकारी निर्माता प्रकु पाण्डे र चलचित्रकी निर्मात्री रेश्मा तिमल्सिना रहेकी छिन।
‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको र पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार चढावलाई जोडिएको चलचित्रमा बुद्धि तामाङ, राजन खतिवडा, कमलमणी नेपाल, अंकित खड्का, प्रेम वर्षा खड्का, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।