जब रोनाल्डोका छोराले २ गोल गरे…. ( भिडियो सहित )

1195

काठमाडाै‌ं, जेठ २५ – विश्व फुटवलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले तहल्का मच्याइरहेका छन् । रोनाल्डोकै एक्लो प्रयासमा पोर्चुगलले धेरैपटक सफलता हात पारेकाे छ । पोर्चुगलमा रोनाल्डो ‘वन म्यान अार्मी’ हुँदा भोली देशको फुटवल के हुने भन्ने चिन्ता पनि छ ।
तर रोनाल्डोका पुत्रले पनि पिताकै पथमा लागेको संकेत दिएका छन् । विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगलले बिहीबार राति भएको खेलमा अल्जेरियालाई ३ ० ले हराएपछि  मैदानमा पुगेका कप्तान क्रिष्टियानो रोनाल्डोका छोरा क्रिष्टियानो रोनाल्डो जुनियरले दुई सुन्दर गोल गरे ।

छोराले  सुन्दर गोल गरेपछि सिनियर रोनाल्डो मख्ख देखिन्थे ।  उनले उत्कृष्ट स्ट्राइक गरे भने एक्रोबेटिक भली गोल पनि गरेका थिए । ।

 

 

Comments

comments