चम्किए सागर , अार्मी पुग्यो फाइनलमा

317

काठमाडाैं, जेठ २५ – ित्रभुवन अार्मी क्लव प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।  सेमिफाइनलमा प्रदेश ५ लाई १ सय ५४ रनले हराउँदै अार्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

आर्मीले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले ३५ अोभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले सागर पुनको शतकमा ८ विकेट गुमाएर २ सय ८९ रन जोड्यो। सागरले १ सय १८ रन जोडे।  भीम सार्कीले ७७ रन जोडेपछि आर्मीको योगफल मजबुत बनेको थियो।

दोस्रो सेमिफाइनलमा शनिबार नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

Comments

comments