रियल जोडीको ‘चङ्गा चेट’ भदौमा आउने पक्का

425

इन्द्रेणी न्युज, काठमाडौं। निर्देशक दीपेन्द्र के.खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’को प्रदर्शन मिती तय गरिएको छ। मल्टी स्टारकास्ट र रियल जोडी समेतको मुख्य भूमिका रहेको यस चलचित्रले भदौ १५ गतेलाई आफ्नो प्रदर्शन मिती फाइनल गरेको हो।

प्रिन्सेस मुभिजको प्रस्तुतीमा निर्माण गरिएको यस चलचित्रमा प्रदिप भारद्वाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ।

डार्क कमेडी जनरामा निर्माण गरिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङ, रविन्द्र झा, सन्दीप क्षेत्री, आशिफ शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्र ‘चङ्गा चेट’को केही दिनमा  ‘गोजीमा दाम छैन’  बोलको गीत रिलिज हुँदैछ ।

Comments

comments