ने.क.पा.ले सभामुख र उपसभामुख दुवै पद नछोड्नलार्इ अपनायो यस्तो हतकण्डा, अब कांग्रेसको पनि केही चल्दैन ?

108

काठमाडौं। नेकपा कम्युनिस्ट पार्टी (ने.क.पा.)ले संवैधानिक ब्यवस्थालार्इ चुनौती सभामुख र उपसभामुख दुवै पद नछोड्ने बताएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख र उपसभामुखमध्ये एक पद तत्काल छोड्न सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी ने.क.पा. सँग माग गरेपछि नछोड्ने बताएको थियो।

सत्तारुढ दल ने.क.पा. ले भने सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फे दलको सदस्य नरहेकाले उनीहरुले पद छोडिरहन नपर्ने जवाफ दिएपछि कांग्रेस दोधारमा परेको छ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुख दुवै पद एउटै पार्टीलाई दिन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै एक पद तत्काल छोड्न माग गरेका हुन्।

शुक्रबार प्रतिनिधिसभा नियमावली पारित गरेलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस सम्बन्धमा प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीले छिट्टै प्रश्न उठाउने पनि स्पष्ट पारे। संवैधानिक व्यवस्था अनुसार एउटै दलबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन नपाउने महामन्त्री कोइरालाको तर्क छ।

तत्कालीन माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख र तत्कालीन एमाले नेतृ डा शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए।

दुई दल एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी ने.क.पा. बनेपछि ती दुई पदमध्ये एक पद छोडनुपर्ने संवैधानिक व्यवस्था रहेको कांग्रेसको दाबी छ।

Comments

comments