विश्वका उत्कृष्ट चार बक्सर खेलाडीहरु

263

एजेन्सी । बक्सिङ एक नकआउट खेल हो । एक प्रतिस्पर्धीले अर्कालाई हिर्काएर लडाउने यस खेल आत्मरक्षाको हतियार मानिन्छ । इतिहासदेखि अहिलेसम्म उत्कृष्ट बक्सरहरुको जन्म भएका छन् । केहि बक्सरहरु र उनीहरुका बारेमा दिइएको जानकारी तल हेर्नुहोस् ।

१. जोए लुइस

जोए लुइसलाई ‘हिटलरलाई पराजित गर्ने व्यक्ति’ भनेर चिनिन्छ । ब्राउन बम्बरको नामले पनि परिचित उनलाई अमेरिकी प्रतिमाको रुपमा लिने गरिएको छ ।

आफ्नो ६६ व्यवसायिक बक्सिङ खेलमा उनले ५२ नकआउट गरे । मात्र ३ खेलमा पाराजित भए । विश्वयुद्ध ताका उनले अमेरिकी नागरिकलाई समाज सेवामार्फत सहयोग गरेकाले उनी अमेरिकीमाझ चर्चित छन् ।

२. मोहम्मद अली

अमेरिकी बक्सर मोहम्मद अलीलाई बक्सिङको पिताको रुपमा पनि लिने गरिन्छ । १९६० देखि १९८० को समय अलीको समय पनि भन्ने गरिन्छ । अलीले ५६ खेल जितेको रेकर्ड छ ।

जसमा ३६ पटक उनले नकआउट गरे । मात्र ५ खेलमा पराजय व्यहोरे । उनी बक्सिङ त राम्रो खेल्थेनै, उनको शैलीले सबैलाई मनोरन्जन समेत दिने गर्दथ्यो । उनको सन् २०१६ मा स्वास प्रस्वासको समस्याले गर्दाृ निधन भएको थियो । अलीलाई अहिलेसम्मकै उत्कृष्ट बक्सरको रुपमा लिने गरिन्छ ।

 

३.माइक टाइसन

माइक टाइसन पनि अमेरिकी बक्सर हुन् । आइरन माइक टाइसनको उपमा पाएका उनी विश्वकै उत्कृष्ट बक्सर मध्यका एक हुन् । माइक टाइसनले आफ्ना प्रतिस्पर्धीलाई आफ्नो प्रभावमा राख्दथे ।

सन् १९८५ देखि २००५ सम्मको समयलाई माइक टाइसन इरा भनेर चिनिन्छ । उनी नकआउट किंगको रुपमा समेत परिचित छन् । ५० खेल जितेका माइक टाइसनले ४४ खेल नकआउट गरेका थिए । उनले ६ खेलमा पराजय व्यहोरे ।

४. फ्लोय मे वेदर

मे वेदरपनि अमेरिकी व्यवसायिक बक्सर हुन् । उनी लाइट वेट बक्सिङका राजा मानिन्छन् । उनले हालसम्म ५० खेल खेल त्यसमा उनी कुनै खेलमा पराजित भएनन् । उनी यतिबेला विश्वकै सबैभन्दा धनी खेलाडी समेत हुन् ।

४१ वर्षिया वेदरको अन्तिम खेलपनि रोमान्चक बनेको थियो । युएफसी लाइट वेट च्याम्पियन कनर मग्रेगरले उनलाई चुनौती दिएका थिए । वेदरले बक्सिङको चुनौती स्वीकार गरे । खेलपनि जिते ।

Comments

comments