रणवीरले दिए विवाह पुर्वनै दीपिकालाई सुन्दर घर उपहार

186

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको यो वर्षको नोभेम्बरमा विवाह हुने चर्चा छ।

उनको विवाहको तयारी धुमधामले चलेको छ। रणवीरले विवाह नहुँदै दीपिकाका लागि नयाँ घर समेत किनिदिएका छन्। जहाँ उनी विवाहपछि दीपिकाका साथमा रहन सकुन्।

बुधबार दीपिका आफ्नी आमासँग मुंबईको बांद्रा स्थित ज्वलैरी शपमा गहना खरिद गर्न पुगेकी थिइन्। मिडिया रिर्पोटका अनुसार दीपिका र रणवीरको विवाह १८ देखि २० नोभेम्बरसम्म हुनेछ। विवाहको फंक्शन ३ दिनसम्म चल्नेछ।

रिर्पोटका अनुसार रणवीर र दीपिका विराट कोहली र अनुष्का शर्माको नजिकैको घर हेर्न गएका थिए। तर रणवीरले बान्द्राको श्री अपार्टमेंट्समा नयाँ घर किने। यसै कम्पलेक्सको ६, ७ र ८ औँ फ्लोरमा रणवीर आफ्ना परिवारसँग बस्ने गर्दछन्। अब रणवीरले चौथो फ्लोरमा पनि नयाँ घर लिएका हुन्।

Comments

comments