श्रीदेवीकी छोरीको पाँचौं पोस्टरले पायो सबैभन्दा बढी चर्चा

581

एजेन्सी। बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुरको डेब्यू फिल्म धडकको नयाँ पोस्टर सार्वजनिक भएको छ । नयाँ पोस्टरमा जाह्नवी र इशान खट्टर एक अर्कालाई रंग लगाउँदै गरेका निकै सुन्दर देखिएका छन् । यो फिल्म अर्को महिना २० जुलाइमा रिलिज हुँदैछ ।

फिल्मको ट्रेलर पनि छिट्टै रिलिज हुने बताइएको छ । पछिल्लो समय रिलिज भएको पाँचौं पोस्टर निकै चर्चामा छ । यसअघि यो श्रीदेवीको मृत्युपछि रिलिज भएको पोस्टर भएकोले निकै चर्चा पाएको हो । श्रीदेवीले आफ्नी छोरीलाई ठूलो पर्दामा हेर्ने सपना भएको बताए पनि उनको यो सपना पूरा हुन भने पाएन ।

धडक मराठी फिल्म सैराटको हिन्दी रिमेक हो । मराठी फिल्ममा आकाश ठोसर र रिंकु राजगुरुले मुख्य भूमिका निभाएका थिए । २०१६ मा आएको सैराट मात्रै ४ करोड लगानीमा बनेको थियो र यो फिल्मले ११० करोड कमाइ गरेको थियो । यो सय करोड कमाउने एकमात्र मराठी फिल्म हो ।

Comments

comments