फिफा विश्वकपः यो हो १ खर्ब ४५ अर्बको संसारकै सबैभन्दा महंगो टिम

1999

एजेन्सी। रुसमा जून ११ देखि जुलाइ १५ सम्म फिफा विश्वकप हुँदैछ । फुटबलको यो विशाल प्रतियोगिताको कुल पुरस्कार राशी ७९ करोड १० लाख डलर (८५ अर्ब नेपाली रुपैयाँ) छ । यो पुरस्कार राशी अघिल्लो पटक ब्राजिलमा भएको विश्वकपको पुरस्कार राशी भन्दा ४० प्रतिशत बढी हो । यो अन्तर्राष्ट्रिय खेलकुदमा सबैभन्दा ठूलो पुरस्कार राशी हो ।

यो निकै ठूलो धनराशी हो तर फुटबलको दुनियाँमा भने केही यस्ता नाम छन् जसको मूल्य यो पुरस्कार राशीभन्दा पनि धेरै छ । फुटबल अहिले निकै महंगो खेल बनेको छ र फुटबलरको मूल्य आकाशिएको छ । यदि अहिले विश्वकप खेल्न लागेकामध्ये ११ जना खेलाडीको एउटै टिम बनाउने हो भने यो टिमको मूल्य विश्वकपको पुरस्कार राशीभन्दा कैयौं बढी हुन जान्छ ।

फिल्डको हरेक पोजिसन र आवश्यक हरेक भूमिका मिलाएर बनाइएको यो टिमका यी ११ खेलाडीको बजार मूल्य मात्रै ११५० मिलियन युरो अर्थात १ खर्ब ४५ अर्ब नेपाली रुपैयाँ छ । यो विश्वकपको पुरस्कार राशीभन्दा ६० अर्ब बढी हो । आउनुहोस् हेरौं संसारकै सबैभन्दा महंगो प्लेइङ ११ ।

१. लियोनेल मेस्सीः बर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीको बजार मूल्य १८० मिलियन युरो छ ।

२. नेयमारः ब्राजिलका स्टार खेलाडी नेयमारको मूल्य पनि १८० मिलियन युरो छ ।

३. ह्यारी केनः इङल्याण्डका कप्तान ह्यारी केनको कूल मार्केट भ्यालु १५० मिलियन युरो छ ।

४. केभिन डी ब्रुनेः बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुनेको कूल मार्केट भ्यालु १५० मिलियन युरो छ ।

५. पल पोग्बाः फ्रान्सका स्टार फुटबलर पोग्बाको मार्केट भ्यालु ९० मिलियन युरो छ ।

६. टोनी क्रसः जर्मनीका मिडफिल्डर टोनी क्रसको कूल मार्केट भ्यालु ८० मिलियन युरो छ ।

७. राफेल वरानेः फ्रेन्च फुटबलर राफेल वरानेको को मार्केट भ्यालु ७० मिलियन युरो छ ।

८. डेभिड डेजियाः स्पेनका गोलकिपर डेभिड डेजियाको कूल मार्केट भ्यालु ७० मिलियन युरो छ ।

९. मार्सेलो भिएराः ब्राजिलका डिफेण्डर मार्सेलो भिएराको कूल मार्केट भ्यालु ६० मिलियन युरो छ ।

१०. म्याट हमल्सः जर्मन डिफेण्डर म्याट हमल्सको कूल मार्केट भ्यालु ६० मिलियन यूरो छ ।

११. डेनी कारवाजलः स्पेनका डिफेण्डर डेनी कारवाजलको कूल मार्केट भ्यालु पनि ६० मिलियन यूरो छ ।

Comments

comments