तारा एयरको विमान दुर्घटना,विस्तृत विवरण आउन बाँकी

126

काठमाडौं। नेपालगंजबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटना भएको छ।

जुम्ला एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो। विमान अवतरणका क्रममा रन वेबाट चिप्लिएर दुर्घटना भएको जनाइएको छ।

दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको र सबै जना सकुसल रहेको जनाइएको छ। दुर्घटनाबाट विमानको अगाडिको भागमा क्षति पुगेको जनाइएको छ भने घट्नाको विस्तृत विवरण आउन बाँकी छ।

Comments

comments