दुई साहित्यकार सम्मानित

64

उर्लाबारी, मोरङ, २६ जेठ- नेपाली साहित्य समाज उर्लाबारीले साहित्य क्षेत्रमा योगदान पु¥याएबापत आज दुईजना साहित्यकारलाई सम्मान गरेको छ ।

उर्लाबारी–५ मा एक कार्यक्रमको आयोजना गरी झापा दमकका प्रकाश बुढाथोकी र खोटाङ बुइपाका जशराज किराँतीलाई जनही रु ११ हजार १११ र सम्मानपत्रले सम्मान गरिएको हो ।

बुढाथोकीलाई साहित्यश्री पुरस्कार–२०७३ र किराँतीलाई साहित्यश्री पुरस्कार–२०७४ प्रदान गरिएको समाजका सचिव कृष्ण उदासीले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा नगर प्रमुख खड्ग फागोले सम्मान गर्नुभएको थियो ।

Comments

comments