‘यु वाइ एन’द्वारा चितवनका ४२ बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

1124

इन्द्रेणी न्युज, काठमाडौं। सामाजिक सन्जालमा क्रियासिल ‘युनाइटेड फर नेसन’ नामक ग्रुपले आज ४२ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। चितवनको खैरेनी-२ लदरीमा बसोबास गर्ने र आर्थिक अवस्था कम्जोर भएका विपन्न परिवारका बालबालिकाहरुलाई सामाजिक सन्जालमा क्रियासिल ग्रुपले शैक्षिक सामग्री वितरण गरेको हो।

‘युनाइटेड फर नेसन’ नामक ग्रुपले पानी-पुरी र चटपट बेचेर जम्मा गरेको केही पैसा र आफ्नो आफन्त एवं साथीभाइहरुको सहयोगमा सो कार्यक्रमा भव्यताका साथ सम्पन्न गरेको ‘युनाइटेड फर नेसन’ नामक ग्रुपले बताएको हो।

सामाजिक सन्जालमा युवाहरु बिग्रेको भनीरहेकै बेला यस्ता सामाजिक परोपकारी कार्यले गर्दा उनिहरुलाई गलत बनाउने विश्वाश सामाजिक अभियन्ता नेपालको रामलाई उदृद गर्दै आयोजक समुहका सँस्थापक बिशाल सापकोटाले जानकारि दिए।

Comments

comments