एजेन्सी । रुस विश्वकपको आधिकारिक गीत ‘लिभ इट अप’को भिडियो सार्वजनिक भएको छ । यस गीतको लिरिकल भिडियो भने गत मे महिनाको २४ तारिखमा सार्वजनिक भएको थियो ।
यस गीतका निर्माता अमेरिकी चर्चित डिजे डिप्लो हुन् । गीतमा अमेरिकी स्टार कलाकार तथा ¥यापर विल स्मीथ, अमेरिकी गायक निकी जाम र अलवानीयाकी गायीका इरा इस्ट्रेफीको स्वर रहेको छ ।
यस गीत गायक निकी जामको यूटूब च्यानल निकीजाम टिभीबाट सार्वजनिक गरिएको हो ।