अन्य टोली भन्दा कम छैनन् मेस्सी !

414

एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आफ्नो देश उत्कृष्ट टोली नभएपछि अन्य टोली भन्दा कम नभएको बताएका छन् ।

रुस विश्वकप आउन अबमात्र ६ दिनबाँकी छ । विश्वकपको छनौट खेलमा मुश्किलले छनौट भएको मेस्सीको टोली अर्जेन्टिना यतिबेला अभ्यास खेलहरुमा व्यस्त छ ।

उनले डिपोर टिभीसँगको कुराकानीमा भने ‘अर्जेन्टिना उत्कृष्ट टोली नहोला तर अन्य टोली भन्दा कम छैन्’ । मेस्सीले आफूहरुले पूर्ण विश्वासका साथ रुस जाने र त्यहाँ राम्रो प्रदर्शनको प्रयास गर्ने बताए ।

सन् २००६, २०१० र २०१४ को विश्वकप खेलिसकेका ३० वर्षिय मेस्सीले अन्तिम विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पु¥याएका थिए । तर उपाधि भने दिलाउन सकेनन् ।

संभवत अन्तिम विश्वकप खेल्दै गरेका मेस्सीले फुटबलमा पाउनुपर्ने उपाधिहरु पाइसकेका छन् । उनले विश्वकपमात्र जित्न सकेका छैनन् । मेस्सीले यस विश्वकप आफ्नो लागि महत्वपूर्ण भएको हुनाले राम्रो प्रदर्शन गर्ने बताए ।

Comments

comments