काठमाडौँ । बलिउडका सुपरस्टार सलमान खानले नेपालीहरुलाई मुस्लिमहरुको ठुलो पर्व इदका अवसरमा शुभकामना सन्देश दिएका छन्।
एक भिडियो सन्देश पठाउँदै खानले उक्त शुभकामना सन्देश पठाएका हुन्।
खानले भिडियो सन्देशमा नेपालीलाई सम्बोधन गर्दै भनेका छन्, – ‘हेलो नेपाल, स्वीकार्नुहोस् इदको शुभकामना, आगामी जून १५ बाट चलचित्र रेस ३ आउँदै छ, जुन चलचित्र नेपालका १३१ चलचित्र हलमा प्रदर्शन हुने छ’।
सलमान खानको पछिल्लो चलचित्र रेस ३ आगामी जून १५ अर्थात जेठ ३१ गतेबाट प्रर्दशन हुँदै छ।