विश्व नं एक हेलेप बनिन फ्रेन्च ओपन च्याम्पियन

101

बीबीसी, स्पोर्ट्स । विश्व नं एक सिमोना हेलेप महिला फ्रेन्च ओपनको विजेता बनेकी छन् ।

रोमानियाकी हेलेपले फाइनलमा दशौं वरियताकी अमेरिकी स्लोएनी स्टेपहेन्सलाई पराजित गरेकी हुन् ।

पहिलो सेट ३–६ ले पराजित भएको अवस्था उल्टाउदै हेलेपले ६–४ र ६–१ को स्कोर बनाएकी हुन् । यस उपाधिसँगै २६ वर्षिया हेलेपले पहिलो ग्राण्ड स्लाम उपाधि जित्न सफल बनिन् ।

Comments

comments