थ्री स्टारलाइ झट्का, नुवाकोट गोल्डकपको उपाधी पुलिसलाइ

77

काठमाडाै‌,जेठ २७-  नुवाकोट गोल्डकपको उपाधी नेपाल पुलिस क्लवले जितेको छ । शनिवार नुवाकाेटमा भएको खेलमा थ्री स्टार क्लवलाइ १-० गोलले हराउँदै पुलिसले उपाधी जितेको हो । पुलिसलाइ उपाधी दिलाउने क्रममा खेलको ५२ अाैं मिनेटमा रवी पासवानले गोल गरे । पुलिसले ३३ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा निरास भएको थियो । तर ५२ अाैं मिनेटमा गरेको गोल नै उपाधीका लागि पर्याप्त भयो ।

प्रतियोगिताको विजेता नेपाल पुलिसले  पाँच लाख रुपैयाँ प्राप्त गरेको छभने उपविजेता थ्रीस्टारले तीन लाख हात पार्यो।

Comments

comments