काठमाडाैं ,जेठ २७ – विश्वकप फुटवलको उपाधी दावेदार टीमको रुपमा फ्रान्सलाइ पनि हेरिएको छ । तर विश्वकप अघिको अभ्यास खेलमा भने फ्रान्सले निरासाजनक खेल खेलेको छ । शनिवार राति भएको खेलमा फ्रान्स र अमेरिकाले १–१ को बराबरी खेलेका हुन् ।
अमेरिकाले ४४ औं मिनेटमा ग्रिनको गोलमार्फत गोल गर्दै अग्रता लिएको थियो । तर ८० औं मिनेटमा फ्रान्सका लागि केलियन एम्बाप्पले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
समुह सी मा रहेको फ्रान्सले अष्ट्रेलिया, पेरु र डेनमार्कसँग खेल्ने छ ।