मेस्सी रोड्रिगजभन्दा पनि पछि छन !

722

काठमाडाैं,जेठ २७ -विश्वकपको ज्वरोले संसार तताएको छ । विश्वका कुना कुनामा कुन देश कस्तो र कुन खेलाडीको खेल कस्तो भन्ने चर्चा भैरहेका छन् । यो विश्वकपमा लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो, नेयमार जस्ता स्टार खेलाडीले सबैको ध्यान तानेका छन । मेस्सीलाइ यो पुस्ताकै महान खेलाडी पनि भन्ने गरिएको छ । तर यो विश्वकपमा खेल्ने खेलाडीले गरेको गोल संख्या हेर्ने हो भने उनि  तेस्रो नम्बरमा मात्रै परेका छन् ।

अहिले विश्वकप खेल्ने खेलाडीमध्य जर्मनका थोमस मुलरले १० गोल गरेका छन् । कोलम्बियाका जेम्स रोड्रिगेजले ६ गोल गरेका छन । अर्जेन्टिनाका लियोनल मेस्सीले भने ५ गोल मात्रै गरेका छन् ।

थोमस मुलर (जर्मनी): १० गोल (२०१०, २०१४)

जेम्स रोड्रिवेज (कोलम्बिया): ६ गोल (२०१४)

लियोनल मेस्सी (अर्जेन्टिना): ५ गोल (२००६, २०१०, २०१४)

लुइस स्वारेज (उरुग्वे): ५ गोल (२०१०, २०१४)

टिम कहिल (अष्ट्रेलिया): ५ गोल (२००६, २०१०, २०१४)

गोन्जालो हिग्वेन (अर्जेन्टिना): ५ गोल (२०१०, २०१४)

नेयमार (ब्राजिल): ४ गोल (२०१४)

शाकिरी (स्टिजरल्याण्ड): ४ गोल (२०१४)

होन्डा (जापान): ३ गोल (२०१०, २०१४)

जाभियर हर्नानडेज (मेक्सिको):  ३ गोल (२०१०, २०१४)

रोनाल्डो (पोर्चुगल): ३ गोल (२००६, २०१०, २०१४)

राफेल मक्यूज (मेक्सिको):  ३ गोल (२००६, २०१०, २०१४)

Comments

comments