ट्युनिसियसँग पनि संघर्ष गर्ने स्पेनले कसरी जित्ला विश्वकप ?

125

काठमाडाैं, जेठ २७ – काठमाडाैं, जेठ २७ – विश्वकप फुटबलअघिको अभ्यास खेलमा स्पेनले संघर्षपूर्ण जित निकालेको छ । विश्वकपको तयारीमा रहेको स्पेनले ट्युनिसियालार्य १–० ले हराएको हो । ट्युनिसासँग जित निकाल्न स्पेनले धेरै संघर्ष गर्नुपरेको छ । स्पेनका लागि पछि मैदान छिरेका लागो एस्पासले ८४ औँ मिनेटमा विजयी गोल गरे ।

स्पेन विश्वकपका लागि समूह बी मा छ र उसले आफ्नो पहिलो खेलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार राति नै भएका अरु खेलमा अस्ट्रेलियाले हंगेरीलाई २–१, मोरक्कोले इस्टोनियालाई ३–१, सर्बिया ५–१, डेनमार्कले मेक्सिकोलाई २–०, अजरबैजानले लात्भियालाई ३–१ तथा फिनल्याण्डले बेलारुसलाई २–० ले हराएको छ ।

Comments

comments