स्वास्थ्य समस्याबाट बच्न खानुस् दैनिक यी खाना

370

हामी जुन कुरा खान्छौ, त्यसको असर हामीले दिनभर गर्ने क्रियाकलापमा पर्न जान्छ । युरोपियन जर्नल अफ फिजियोलोजीले गरेको एक अध्ययन अनुसार कार्वोहाइड्रेड, प्रोटिन, भिटामिन सि, आइरन, चिल्लोपदार्थ, ल्सियमजस्ता पौष्ट्रिक आहार खानामा समावेश गर्नुपर्दछ ।

जसबाट हाम्रो शरीरलाई चाहिने प्रशस्त शक्ति प्राप्त हुन्छ । साथै थकान तथा कमजोर जस्ता समस्याबाट बच्न सकिन्छ । त्यसका लागी खानामा यस्ता खानेकुरा समावेश गर्नुस् ।

1) दुध र केरा- विहान र बेलुकी २ / ३ वटा केरासंग १ गिलास दुध पिउनुहोस् ।

2) अनारको बोक्रा -अनारको बोक्रालाई सुकाएर पिस्नुहोस र विहान बेलुका नियमित रुपमा एक चम्चा खानुहोस् । यसले शरिरमा रगतको मात्रा बढाउनमा मद्दत गर्दछ ।

3)छोरा, काजु र बदाम -४/५ छोरा, २/३ काजु र २ दाना बदामलाई एक गिलास दुधमा मिसाएर उमाल्नुहोस् । यसमा एक चम्चा मिश्री तथा चिनी मिसाएर सुत्नुभन्दा पहिले नियमित पिउनुहोस् ।

4) अवला -अमलाको पाउडरमा मिश्री पिसेर मिलाउनुहोस् । दैनिक सुत्नुभन्दा अघि एक चम्चा पाउडर मनतातो पानीसंग खानुस् ।

5) चना – राती ६,७ चमच चना दाल काचो दुधमा भिजाउनुस् । भोलीपल्ट विहान ५ ६ किसमिस र मिश्री मिसाएर खानुस् ।

Comments

comments