फुटबल प्रेमीहरुका लागी अत्यन्तै खुशीको खबर, विश्वकपको हरेक खेलको कमेन्ट्री अब नेपालीमा

375

काठमाडौं । नेपाली फुटबल प्रेमीहरुका लागी अत्यन्तै खुशीको खबर छ । यसअघि अँग्रेजी र अन्य भाषाहरुमा मात्रै हेर्न बाध्य नेपाली दशृकहरुले अब भने आफ्नै नेपाली भाषामा कमेन्ट्री सुन्दै खेलको मज्जा लिन पाउने भएका छन् ।

रसियामा हुने वल्र्डकप नजिकिइरहेका बेला यस्ते सुबिधा नेपाली दर्शकलाई लक्षित गर्दै डिस होमले दिन लागेका हो ।

डिस होमका ग्राहकले डिस होम स्र्पोटस् च्यानलमा विश्वकप नेपालीमा हेर्न पाउने डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले बताए ।

नेपाली दर्शकलाई फुटबलसंग अझै नजिक ल्याउनका लागि नेपाली भाषामै कमेन्ट्री प्रसारण गर्ने तयारी गरेको डिसहोमले जनाएको छ । विश्वकप फुटबल यही जुन १४ तारिखबाट रसियामा हुँदैछ ।

Comments

comments