काठमाडौं, जेठ २७ – विश्वकप अघिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले अष्ट्रियालाई ३- १ गोलले हराएको छ ।
छैटौं पटक उपाधि जित्ने अभियानमा रहेको ब्राजिलको जितमा नेयमार, ग्रावियल जेसुस, फिलिपे काउटिन्होले गोल गरे । अष्ट्रिया विरुद्ध शानदार जित निकाल्दै रसिया विश्वकपमा बलियो दावेदारी पेश गरेको छ ।
३६ औं मिनेटमा ग्रावियल जेसुसले गोल गर्दै अग्रता दिलाए । ६३ औं मिनेटमा नेयमारले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको ६ मिनेटमा काउटिन्होले गोल गर्दै खेल ३–० मा पुराए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र ब्राजिल विजयी भयो ।
समुह इ मा रहेको ब्राजिलले विश्वकप समुह चरणमा स्विट्जरल्याण्ड, कोस्टारिका र सर्वियासँग खेल्नेछ ।